|

रौतहट : तत्कालीन नेकपा एमालेका नेता प्रभु साहले आफ्नो कोटामा पारेका समानुपातिक उम्मेदवार पनि खारेज हुने भएको छ। साहले आफ्नो कोटामा पारेका समानुपातिक उम्मेदवारको पनि अब खारेज हुने भएको हो।

नेकपा एमाले छाडेर प्रभु साह स्वतन्त्र उम्मेदवार बनेपछि उनकै पछि लागेका जिल्ला ईन्चार्ज उपेन्द्र साहसमेत नेकपा एमालेको समानुपातिक सूचीमा थिए। उनलाई नेकपा एमालेले कारबाही गरेपछि उनको नाम समानुपातिक सूचीबाट अटोमेटिक हट्ने नेकपा एमाले रौतहटका एक नेताले बताए।

प्रभु साहको कोटामा समानुपातिक उम्मेदवार बनेका मधेश प्रदेशका अधिकांशको नाम पार्टीले समानुपातिक सूचीबाट हटाउने भएको एमाले जिल्ला सचिव बाल बिक्री कार्कीले बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.