|

काठमाडौं : इन्डियन आइडल–१२ का बिजेता पवनदीप राजनको पहिलो सोलो नेपाली गीत तिम्रो हाम्रो भेट कहिले हुने हो? सार्वजनिक भएको छ। 

गीतकार आनन्द अधिकारीको शब्द रचना र म्युजिक डाइरेक्टर शिखर सन्तोषको संगीत रहेको गीतलाई म्युजिक नेपालको  युट्युव च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो। ​

कैलास स्टुडियो मुम्बईमा रेकर्ड गरिएको गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ। कलाकारहरु आकाश श्रेष्ठ र मल्लिका महतको अभिनय रहेको भिडियोलाई निर्देशक भुषण दाहालले निर्देशन गरेका हुन्। 

डोरबहादुर कटुवाल र प्रकाश गोपलीको सिनेमाटोग्राफी, पदम तिमिल्सिनाको सम्पादन रहेको भिडियोमा राजु याक्चाको सहनिर्देशन रहेको छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.