|

काठमाडौँ : निर्वाचन आयोगले चामल बाँड्ने शहरी विकासमन्त्री मेटमणि चौधरी र आफूलाई स्वतन्त्र उम्मेदवार भन्दै लौरो चिह्नबाट प्रचार प्रसार हाम्रो गरेका नेपाली पार्टीका उम्मेदवारलाई २४ घण्टे स्पष्टीकरण सोधेको छ।

सहमतिबेगर आफैँ निर्वाचन क्षेत्र पुगी चामल वितरण गर्नु सरकारको वार्षिक कार्यक्रम भित्र कुन बुँदामा समावेश छ? भनेर आयोगले मन्त्री चौधरीलाई स्पष्टीकरण सोधेको हो।

निर्वाचन आचारसंहिता उल्लङ्घन भएको भए निर्वाचन आयोग ऐन बमोजिम जरिबाना गर्ने चेतावनी दिएको छ। आफ्नो निर्वाचन क्षेत्रका बाढीपीडितको नाममा चामल वितरणले आचारसंहिताको उल्लङ्घन हुँदैन भन्ने आधार पेश गर्न मन्त्री चौधरीलाई आयोगले सोधेको छ।

यसैगरी नेपाली पार्टीका उम्मेदवारले आफ्नो दलीय आबद्धता स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको भनी गरेको प्रचारप्रसारबाट निर्वाचनको स्वच्छता र निष्पक्षतालाई प्रभावित पारेको आयोगले बताएको छ।

मतदातालाई भ्रमित गर्ने गरी आफूलाई स्वतन्त्र उम्मेदवार भनी सामाजिक सञ्जालमार्फत प्रचारप्रसार गरेको कार्यबाट जानाजान प्रचलित निर्वाचन कानूनको उल्लङ्घन भएकाले २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आयोगले पत्र पठाएको छ।

दलीय आबद्धतालाई स्पष्ट नगरी आफू स्वतन्त्र उम्मेदवार रहेको तथा आफ्नो निर्वाचन चिह्न लौरो स्वतन्त्र अभियान रहेको भनी प्रचारप्रसार गर्दा आचारसंहिता उल्लङ्घन हुँदैन भन्ने आधार कारण के छ ? भनेर आयोगले सोधेको छ।

आयोगले अन्य कुनै उम्मेदवारले समेत यस्तै खाले काम गरेको पाइए जिल्लास्थित सम्बन्धित अनुगमन अधिकृतले उम्मेदवारलाई स्पष्टीकरण सोधी तत्काल कारबाही गरी आयोगलाई जानकारी दिन समेत निर्देशन दिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.