|

काठमाडौं : काठमाडौं महानगरपालिकाले व्यापार–व्यवसाय दर्ता गर्न आग्रह गरेको छ। सञ्चालनमा रहेका व्यवसाय नजिकको वडा कार्यालयमा गई ३० दिनभित्र दर्ता गर्न महानगरले आग्रह गरेको हो। 

संघ र प्रदेश सरकारबाट अनुमति लिएका व्यवसाय समेत महानगरपालिकामा दर्ता नगरी सञ्चालनमा रहेको पाइएको महानगरले जारी गरेको सूचनामा उल्लेख छ। 

अनुगमनका क्रममा  दर्ता नगरी व्यापार-व्यवसाय गरेको पाए काठमाडौं महानगरपालिका राजस्व ऐन बमोजिम व्यवसाय बन्द गरी नियमानुसार जरिवाना समेत असुल गरिने चेतावनी दिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.