|

जनकपुरधाम : धनुषा प्रहरीले स्रोत नखुलेको २० लाख रूपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका वडा नम्बर–६ बस्ने २२ वर्षीय आशिष कामद र २७ वर्षीय बजरंगप्रसाद गुप्ता रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ।

प्रदेश–०१–०२–०४६ प ५६३१ नम्बरको मोटरसाइकलमा सवार भएर गईरहेको अवस्थामा मंगलबार राति धनुषाको सबैला नगरपालिका–१२ रघुनाथपुरस्थित नहरचोकमा जाँच गर्ने क्रममा उनीहरूको साथबाट कालो रंगको झोलामा स्रोत नखुलेको २० लाख रुपैयाँ बरामद भएको धनुषाका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले बताए।

डिएसपी क्षेत्रीका अनुसार इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले दुवै जनालाई नगदसहित नियन्त्रणमा लिई अनुसन्धानपश्चात कारवाहीका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग काठमाडौंमा बुझाउने तयारी भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.