|

काठमाडौं : आइतबार बिहान सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका पहाडी भू–भाग र प्रदेश १ को तराई क्षाेत्रको मौसम आंशिकदेखि सामान्य बदली रहेको छ।

बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो प्रदेश १ लगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। 

प्रदेश १ को एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ। यो क्षेत्रमा राति पनि प्रदेश हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.