|

बैतडी : भीरबाट लडेर बैतडीमा एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिका १० महरा गाउँ ठूलाशैनाका अन्दाजी ५० बर्षीय पठान सिंह महरा रहेका छन्।

आज खर काट्ने क्रममा सतुराडी भीरबाट लडेर मृत्यु भएको मृतकका भतिजा सुनिल महराले बताए।

महराको भीरबाट लडेर घटना स्थलमै मृत्यु भएको बताइएको छ। महराका श्रीमती, ३ छोरी र दुुई छोरा रहेका छन्। हाल सुदूरपश्चिमका पहाडी जिल्लाका किसानलाई खर काट्ने चटारो परेको छ। खर काट्ने बेला अकालमै ज्यान जाने गरेको छ।

यसअघि असोज २८ गते पनि खर काट्ने बेला लडेर जिल्लाको दशरथचन्द नगरपालिका २ जेब्लाखानकी ४५ वर्षीया लिलादेवी बोहराको पनि भीरबाट लडेर मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.