|

पाल्पा : पत्रकार टेक मास्की रानाको ४८ वर्षको उमेरमा निधन भएको छ।

स्याङ्जाको कालीगण्डकी गाउँपालिका–३ बारिचौर घर भइ बुटवलबाट पत्रकारिता गर्दै आएका रानाको बुधबार बिहान निधन भएको पत्रकार महासंघ रूपन्देहीका सचिव विनोद परियारले जानकारी दिए।

डेंगु तथा निमोनियाका बिरामी रानाको उपचारको क्रममा बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल  निधन भएको परियारले बताए।  मिर्गौला र जण्डिसको बिरामी पनि थिए।

दुई दशकभन्दा लामो पत्रकारिता गरेका मास्की नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व कार्यसमिति सदस्य, हाल लुम्बिनी प्रदेश कमिटि सदस्य थिए। उनी रेडियो जागरण बुटवलको समाचार प्रमुख थिए।

केही वर्षअघि मात्रै उनको श्रीमतीको निधन भएको थियो।  रानाका एक छोरा २ छोरी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.