|

कञ्चनपुर : धान झार्ने थ्रेसरमा कपडा बेरिएर शुक्लाफाँटा नगरपालिका ४ असैनामा एक महिलाको मृत्यु भएको छ। 

शुक्लाफाँटा–४ असैनाकी ४७ वर्षीया सिमाना रानाको मृत्यु भएको हो। इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर सिंहका अनुसार खेतबाट काटेर ल्याएको धान थ्रेसिङ गर्ने क्रममा कपडा बेरिएको थियो। घटनास्थलमै मृत्यु उनको भएको हो।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ। 

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.