|

गुल्मी : जेठको पहिलो हप्तादेखि बन्द रहेको स्टिमर सेवा पुनः सञ्चालनमा आएको छ । 

स्याङ्जाको आँधिमुहान मिर्मीदेखि सेतीबेनीसम्मको ६ किलोमिटरको  कालीगण्डकी नदीमा  पानीको बहाव बढेका कारण स्टिमर सेवा वर्षायाममा बन्द रहेको थियो। स्टिमर त्तिकको पहिलो हप्ताबाट सञ्चालनमा ल्याएको शिला–शालिग्राम कालीगण्डकी जलयातायात प्रालिका अध्यक्ष डोलराज भट्टराईले जानकारी दिए।

गुल्मी खण्डको कालीगण्डकी करिडोर र पर्वत खण्डको कालिगण्डकी लोकमार्ग खुलेपछि आन्तरिक पर्यटक र शिला–शालिग्राम दर्शन गर्ने आउन थालेको उनले बताए। 

पहिले साना ठूला गरी १२ वटा रहे पनि हाल भने चार वटा मात्रै सञ्चालनमा छन्। कहिलेकाहीँ भ्रमण आउनेहरूले ‘स्टिमर रिजर्भ’ गरे पनि नियमित यात्रु नरहेको भट्टराईले जानकारी दिए। त्यसै कारण पनि स्टिमर घटाउनुपरेको र नियमित गर्न नसकेको भट्टराईले बताए। 

प्रतिव्यक्ति एकतर्फी टिकट काटेर जानुपरेमा २०० रुपैयाँ निर्धारण गरिएको छ  भने रिर्जवका लागि दुई हजार देखि स्टिमरको क्षमता अनुसार निर्धारण गर्ने गरिएको छ। कालीगण्डकी नदीमा मिर्मी देखी सेतीबेनीसम्मको जलयात्राको समय ३० देखि ४५ मिनेटसम्म लाग्ने भट्टराइले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.