|

रिशभ शेट्टीको लेखन, निर्देशन तथा मुख्य भूमिका रहेको कन्नड फिल्म ‘कान्तारा’ले बक्स अफिसमा ‘केजिएफ’लाई पछाडि पारेको छ। कन्नड फिल्म उद्योगमा सर्वाधिक कमाइ गर्ने फिल्मको सूचीमा ‘केजिएफ’लाई उछिन्दै ‘कान्तारा’ दोस्रो नम्बरमा उक्लेको हो। 

गत ३० सेप्टेम्बरमा प्रदर्शनमा आएको फिल्मले दर्शकबाट उत्साहजनक प्रतिक्रिया पाएपछि हिन्दी, तेलुगु, तामिल र मलयालम भाषामा डब गरी दुई हप्तापछि विश्वव्यापी प्रदर्शन गरिएको थियो।

मानवीय क्रियाकलापले प्रकृति र लोक संस्कृतिमा पारेको प्रभावलाई मुख्य विषयवस्तु बनाइएको फिल्मले विश्वभरिबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ। 

फिल्मले एक महिनामा २ सय ८५ करोडभन्दा माथि कमाएको छ। यसअघि दोस्रो स्थानमा रहेको ‘केजिएफ’ले २ सय ५० करोड कमाएको थियो।

सन् २०१८ मा प्रदर्शन भएको ‘केजिएफ’को पहिलो च्याप्टरलाई ‘कान्तारा’ले पछि पारेको हो भने पहिलो नम्बरमा ‘केजिएफ’को दोस्रो च्याप्टर रहेको छ। यसै वर्ष प्रदर्शनमा आएको फिल्मले विश्वभरिबाट १२ सय ५० करोडभन्दा माथि कमाइ गर्दै कन्नड फिल्म उद्योगमा सर्वाधिक कमाइ गर्ने फिल्म बनेको थियो। 

‘केजिएफ’का दुवै च्याप्टर र ‘कान्तारा’ होमवेल फिल्म्सकै ब्यानरमा बनेका फिल्म हुन्। यतिवेला ‘कान्तारा’ पाँचौं हप्तामा प्रदर्शन भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.