|

काठमाडौं : रुपन्देहीमा १८ र १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा सैनामैना नगरपालिकाका ३ जना पक्राउ परेका छन्।

सैनामैना-११ बनकट्टी बस्ने १९ वर्षीय पदम कार्कीसहित १५ वर्षे दुईजना किशोर पक्राउ परेका रुपन्देहीका प्रहरी नायव उपरीक्षक नवरत्न पौडे्लले जानकारी दिए।

उनका अनुसार पक्राउ परेका आरोपीले घटनामा संलग्न थप ३ जनाको नाम बताएका छन्। उनीहरूको खोजी तीव्र पारिएको डिएसपी पौडेलले बताए। पीडित किशोरीहरू र पक्राउ परेका आरोपीहरू चिनजानको साथी रहेको खुलेको प्रहरीले जनाएको छ।

कञ्चन गाउँपालिका-२ गोफ्लापुरमा दुवै किशोरीलाई गएराति करिब २ बजेतिर उनीहरूले जबरजस्ती करणी गरेको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले नियन्त्रणमा लिएको हो। 

यसैबीच, जबरजस्ती करणी र अपहरण तथा शरीर बन्धक मुद्दामा सजाय तोकिएका बर्दियाको बारबर्दिया नगरपालिका-६ बस्ने प्रेमलाल थारुलाई आज प्रहरीले नियन्त्रणमा लिएको छ। फरार रहेका उनलाई जिल्ला अदालत बर्दियाले २०७५ असार १३ गते २ महिना कैद सजाय सुनाएको थियो।

पक्राउ परेका उनलाई कैद भुक्तानको लागि बर्दिया कारागार पठाइएको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.