|

डडेलधुरा : सत्तारुढ गठबन्धनले डडेलधुरामा शक्ति प्रदर्शन गर्ने भएको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रममा गठबन्धनले शक्ति प्रदर्शन गर्ने भएको हो।

गठबन्धनले बिहीबार दिउँसो साढे १२ बजे जिल्ला सदरमुकामको बसपार्कमा चुनावी आमसभा आयोजना गरेको छ। शक्ति प्रदर्शन गर्न गठबन्धनले गाउँगाउँबाट  नेता–कार्यकर्ता र समर्थकलाई जिल्ला सदरमुकाम ल्याउने भएको छ। जिल्ला सदरमुकाममा सर्वसाधारण उतार्न ४५ वटा गाडी प्रयोग गरिने भएको छ। सातै स्थानीय तहबाट आफ्ना नेता–कार्यकर्ता र समर्थकका लागि गाडीको व्यवस्था मिलाएको लोकतान्त्रिक गठबन्धन डडेल्धुराले जनाएको छ। 

प्रधानमन्त्री गृहजिल्ला आउने भएपछि डडेल्धुराको सुरक्षा व्यवस्था कडा पारिएको छ। बिहानैदेखि ठाउँ–ठाउँमा सुरक्षाकर्मी परिचालन गरिएको छ। देउवा चार दिन जिल्लाका विभिन्न चुनावी सभामा सहभागी हुने कार्यक्रम छ। ​देउवाले कात्तिक १८ गते बिहान नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र सोही दिनको दिउँसो गन्यापधुरा गाउँपालिका–२ बडालको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको गठबन्धनले जनाएको छ।

यसैगरी देउवाले १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रूपालमा आयोजना हुने कार्यक्रममा सम्बोधन गर्नेछन्। कात्तिक २० गते बिहान आलिताल गाउँपालिकाको गोदाममा तथा सोही दिन दिउँसो परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ।

देउवासँगै ती चुनावी आमसभामा प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार खगराज भट्ट र प्रदेशसभा २ का उम्मेदवार गोविन्दराज बोहराले पनि सम्बोधन गर्ने जनाइएको छ। देउवा सातौँपटक डडेल्धुराबाट निर्वाचन लड्दै छन्। 

अहिले देउवाविरुद्ध लामोसमय देउवाकै स्वकीय सचिव रहेका नेपाली कांग्रेस (बीपी) वरिष्ठ उपसभापति कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाललगायतका आठ उमेदवार चुनावी मैदानमा छन्।​​

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.