|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले अपांगता एवं फरक क्षमता भएका बालबालिकाहरूका  लागि ७ वटै प्रदेशमा पूर्वाधारयुक्त विशेष आवासीय विद्यालयको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ।

बिहीबार पार्टीले मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि चुनावी वाचा घोषणा गर्दै यस्तो बताएको हो। स्वतन्त्र पार्टीले मातृभाषाको शिक्षा अनिवार्य गर्ने,कक्षा-८ सम्म दिवा खाजाको व्यवस्था गर्ने प्रतिबद्धता जनाएको छ।

‘नैतिक विषय कक्षा-१ बाटै अनिवार्य गरिने,शैक्षिक सत्र सुरुभन्दा अगाडि हरेक विद्यार्थीको हातहातमा पुस्तक पुर्‍याइने छ,’बाचापत्रमा भनिएको छ,‘शिक्षकहरुको तलब मासिक रुपमा दिइनेछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.