|

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुईवटा चुनावी सभालाई सम्बोधन गर्ने भएका छन्।

बिहीबार गृह जिल्ला आइपुगेका देउवाले आज (शुक्रबार) दुई आमसभालाई सम्बोधन गर्ने भएका हुन्। 

देउवाले बिहान साढे ११ बजे नवदुर्गा गाउँपालिकाको बेलापुर खुनी र दिउँसो सवा २ बजे गन्यापधुरा गाउँपालिका–२ बडालको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको वाम–लोकतान्त्रिक गठबन्धन डडेल्धुराले जनाएको छ।

गन्यापधुरा प्रधानमन्त्री देउवाको गृह पालिकासमेत हो। यसपटकको चुनावका लागि पहिलोपटक जिल्ला आएका देउवाले बिहीबार जिल्ला सदरमुकामको बसपार्कमा आयोजित बृहत् चुनावी आमसभालाई सम्बोधन गरेका थिए। 

यसैगरी देउवाले कात्तिक १९ गते बिहान अजयमेरु गाउँपालिकाको भद्रपुर र दिउँसो भागेश्वर गाउँपालिकाको रूपालमा आयोजना हुने कार्यक्रमलाई सम्बोधन गर्ने छन्। 

कात्तिक २० गते बिहान आलिताल गाउँपालिकाको गोदाममा तथा सोही दिन दिउँसो परशुराम नगरपालिकाको जोगबुढामा गठबन्धनले आयोजना गर्ने चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

देउवासँगै ती चुनावी आमसभालाई प्रदेशसभा क्षेत्र नम्बर १ का उम्मेदवार खगराज भट्ट र प्रदेशसभा २ का उम्मेदवार गोविन्दराज बोहराले पनि सम्बोधन गर्नेछन्। देउवा सातौं पटक डडेल्धुराबाट निर्वाचन लड्दै छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.