|

काठमाडौं : पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानमाथि बिहीबार साँझ भएको घातक आक्रमणको अनुसन्धान सुरु भएको छ।

अनुसन्धानकर्ताहरूले वजीराबादको त्यो क्षेत्र सिल गरेका छन् जहाँ उनलाई हिजो साँझ गोली हानिएको थियो। लङ मार्चको कन्टेनरलाई घेराबन्दी गरिएको छ। यो दुईतर्फी सडक हो जसमा एकतर्फी यातायात रोकिएको छ।

अनुसन्धान टोलीले कन्टेनरको अगाडि र बायाँतर्फको स्टिलको पातलरे ढाकेको छ। कन्टेनरमा गोली अड्किएकाले त्यसको स्टिलको पाना काटिएको अधिकारीहरूले बताएका छन्। ती गोलीको फरेन्सिक परीक्षण गरी कुन प्रकारको बन्दुक प्रहार गरिएको हो भन्ने पत्ता लगाइनेछ।

फरेन्सिक परीक्षणबाट आक्रमणकारीबाट बरामद गरिएको बन्दुकबाट गोली चलेको हो वा अर्को बन्दुकबाट प्रहार गरिएको हो भन्ने पत्ता लाग्नेछ। यस क्षेत्र भएर जाने मानिसहरूले कन्टेनरलाई बीच बीचमा हेरिरहेका छन् तर उनीहरूले मिडियासँग कुरा गरिरहेका छैनन्।

पाकिस्तानका पूर्व सूचनामन्त्री फवाद खानले पनि यस आक्रमणमा प्रयोग भएको बन्दुकबारे अनुमान गरेका छन्।

उनले एक ट्वीटमा लेखेका छन्, यो इमरान खानको हत्यागर्ने सुनियोजित षडयन्त्र थियो। आक्रमणकारीले पीटीआई नेतृत्व र इमरान खानको हत्या गर्ने योजना बनाएका थिए। यो ९ एमएमको बन्दुक थिएन। यो स्वचालित हतियारबाट अचानक प्रहार गरिएको गोली थियो। यसमा इमरान खान सकुशल बाँच्न सफल भएका छन् भन्ने कुरामा कुनै दुई मत छैन।'

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.