|

जनकपुरधाम : डा सिके राउत नेतृत्वको जनमत पार्टीले आज प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। सो पार्टीले आइतबार २५ बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो।

प्रतिबद्धतापत्र सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष राउत भने उपस्थित थिएनन्। धनुषा क्षेत्र ३ का प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार इन्जिनियर शम्भुनाथ साह, प्रदेशसभा ३ (क) का उम्मेदवार डा प्रसन्नकुमार झा र ३ (ख) का उम्मेदवार रामबाबु साहले धनुषा-३ को प्रतिबद्धतापत्र सार्वजनिक गरेका थिए।

जनमत पार्टीले अध्यक्ष राउतको उपस्थितिमा भोलि सोमबार धनुषाको धनौजी गाउँपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिकामा चुनावी आमसभाको आयोजनासमेत गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.