|

हेटौंडा : नेकपा एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य तथा पुर्व स्वास्थ्यमन्त्री विरोध खतिवडामाथि हातपात भएको छ । 

गठबन्धनको तर्फबाट मकवानपुर क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार खतिवडा मंगलबार चुनावी कार्यक्रमलाई सम्बोधन गर्न पश्चिम मकवानपुरको मनहरी गाउँपालिका–४ पुगेका थिए । सोही कार्यक्रमलाई सम्बोधन गर्न पुगेका खतिवडालाई स्थानीय पुरुषोत्तम खड्काले हातपात गरेका हुन् । 

उम्मेदवारमाथि हातपात भएपछि इलाका प्रहरी कार्यालय नेवारपानीले खड्कालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मकवानपुरमा बुझाएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले उम्मेदवारमाथी दुव्र्यवहार गरेको आरोपमा खड्कालाई नियन्त्रणमा लिएको पुष्टि गरे । 

उनले यस विषयमा अनुसन्धान अघि बढाइएको बताए । हातपात गर्ने खड्का माओवादी केन्द्रका कार्यकर्ता रहेको बुझिएको छ । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.