धनकुटा : धनकुटाको चौविसे गाउँपालिका वडा नं. ६ राजारानीमा सुरु भएको रारा गोल्डकप फुटबल प्रतियोगिताको ११ औँ संस्करणमामोरङको डाँगिहाट युथ क्लबले विजयी सुरुवात गरेको छ।
रारा फुटबल क्लब आयोजनामासुरु भएको प्रतियोगिताको उद्धाटन खेलमा धनकुटाको डाँडाबजार युथ क्लबलाई ५–१ गोलले पराजित गर्दै डाँगिहाट विजयी भएको हो। बिहीबार सम्पन्न खेलमा डाँगिहाटले पहिलो हाफको २३ औँ मिनेटमा मार्टिन गरेको गोलबाट अग्रता लिएको थियो।
त्यसपछि पहिलो हाफमा कुनैपनि गोल भएको थिएन। त्यसपछि भएको खेलको ७० मिनेटमा भुवन बस्नेतले, ७६औँ मिनेटमा असिम राईले, ७९ औं मिनेटमा सुशील राईले र दोस्रो हाफको इन्जुरी समयमा पाएको पेनाल्टीको सदुपयोग गर्दै पुन असिम राईले गोल गरेका थिए।
खेलको ८५औँ मिनेटमा डाडाबजार फुटबल क्लबका ओसकाले सान्त्वना गोल गरेका थिए। खेलको म्यान अफ द म्याच डाँगिहाटका असिम राई घोषित भए। उनले नगल ७ हजार पुरस्कार पाए। पराजित भएसँगै डाँडाबजार युथ क्लब घर फर्किएको छ।प्रतियोगिताको दोस्रो खेल शुक्रबार दिउँसो बिर्तामोड युनाइटेड क्लब झापा र रियल स्टार युथ क्लब हेटौँडा बीच हुने आयोजकले जनाएको छ।
आगामी १६ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले २ लाख ५० हजार रुपैयाँसहित ट्रफि मेडल, कप, प्रमाणपत्र हात पार्ने आयोजकले जनाएको छ। सबैभन्दा बढी गोल गर्ने, म्यान अफ द म्याच तथा सर्वोत्कृष्ट खेलाडीले पनि नगद हात पार्नेआयोजक समितिका संयोजक मणि चेम्जोङले जानकारी दिए।
गत वर्ष भएको १० औँ संस्करणमा विजेतालाई तीन लाख र उपविजेतालाई डेढ लाख पुरस्कार प्रदान गरिएको थियो। धनकुटाको प्रतिष्ठित प्रतियोगिता मानिने रारा गोल्डकप ०५८ सालबाट सञ्चालन गर्न थालिएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।