|

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले भूकम्पमा परी मृत्यु भएकाका परिवार र घाइतेलाई तत्काल उचित प्रबन्ध मिलाउन निर्देशन दिएका छन्। 

गएराति सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परि मृत्यु हुनेहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै उनले परिवारजनमा समवेदना व्यक्त गरेका छन। 

आज बिहान सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री देउवाले भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन र घाइतेहरुको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको जनाएका हुन्। 

‘सुदूरपश्चिमको खप्तड क्षेत्र केन्द्रविन्दु बनाई गएको भूकम्पमा परि मृत्यु हुनेहरुप्रति हार्दिक श्रदाञ्जली व्यक्त गर्दै परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछु। साथै भूकम्प प्रभावित क्षेत्रमा राहत र उद्दारमा खटिन र घाईतेहरुको तत्काल उचित उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छु।’ उनले लेखेका छन्।  

यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि भूकम्पका कारण डोटीमा ६ जनाको मृत्यु भएकामा दुःख व्यक्त ब्यक्त गर्नु भएको छ।  सामाजिक सञ्जालमार्फत ओलीलेमृतकप्रति श्रद्धाञ्जली तथा परिवारजनामा समवेदना ब्यक्त गरेका छन्।  

‘दुःखद् खबर – हिजो भूकम्पका कारण डोटीको पूर्वीचौकी गाउँपालिकामा स्थानीय ८ वटा परिवारका घर भत्केका छन् भने ६ जनाले ज्यान गुमाउनु भएको छ। उहाँहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकमा पर्नु भएका परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु।’ ओलीले लेख्नु भएको छ।

गएराति डोटी केन्द्रबिन्दु भएर गएको भूकम्पले घर भत्किँदा छ जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार डोटीस्थित खप्तड राष्ट्रिय निकुञ्ज क्षेत्रमा केन्द्रबिन्दु भएर ६ दमशलव ६ म्याग्निच्युडको भूकम्प गएको हो। मङ्गलवार राति २ बजेर १२ मिनेटमा गएको भूकम्पले ग्रामीण भेगका दर्जनौं घर भत्किएका छन्।

मृत्यु हुनेमा पूर्वीचौकी गाउँपालिका–३ ठाडाँगाउँका भगवती बोहरा, सीता बोहरा, हर्क बोहरा, प्रेम बोहरा, तुलसी बोहरा र धनसरी बोहरा छन् । गाउँपालिकाका अध्यक्ष रामप्रसाद उपाध्यायले एकै घरका तीनसहित छ जनाको मृत्यु भएको बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.