|

इंग्लिस प्रिमियर लिगको दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटी र दाबेदार मानिएको लिभरपुलले लिग कप (कारबाओ कप)  को चौथो चरणमा स्थान बनाएका छन्।
लिभरपुल लिग वान क्लब डेर्वी काउन्टीसँग निर्धारित समय गोलरहित बराबरीमा रोकिए पनि पेनाल्टी सुटआउटमा भाग्यमानी सावित भयो। लिभरपुलका लागि गोलरक्षक कोइमहिन केलरल नायक बने। उनले विपक्षीका ३ पेनाल्टी रोक्दै लिभरपुललाई जित दिलाए।

निर्धारित ९० मिनेट गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिएको थियो। जहाँ लिभरपुल ३–२ ले विजयी भयो।

अर्को खेलमा म्यानचेस्टर सिटीले चेल्सीलाई २–० ले पराजित गर्दै चौथो चरणमा प्रवेश गर्न सफ रह्यो। सिटीको जितमा दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो। रियाद महारेजले ५३ औँ मिनेटमा पहिलो गोल गर्दै सिटीलाई अग्रता दिलाए।

टिमका लागि दोस्रो गोल भने ५ मिनेटपछि नै जुलियन अल्भारेजले सम्भव बनाए। चेल्सीले भने गोलका केहि अवसर बनाए पनि सिटीको रक्षापंक्ति चिर्न असफल भयो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.