|

काठमाडौं : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सुदूरपश्चिम प्रदेशको खप्तड क्षेत्रमा भूकम्प गएपछि प्राविधिकसहितको टोली परिचालन गर्ने भएको छ।

खप्तड क्षेत्र केन्द्रबिन्दु बनाएर बिहीबार (आज) गएको भूकम्पबाट भएको क्षति आंकलनका लागि अध्ययन टोली परिचालन गर्ने प्राधिकरणले जनाएको हो।

प्राधिकरणको आयोजनामा बिहीबार विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत अन्तरराष्ट्रिय गैरसरकारी संस्थाका प्रतिनिधिहरूसँग छलफल भएको थियो। ‘क्षतिको विस्तृत रिपोर्ट प्राप्त भएपश्चात आवश्यकताअनुसार शीघ्र प्राविधिकहरू सहितको टोली परिचालन गरिनेछ,’ प्राधिकरणले भनेकाे छ।

बिहीबार बिहान ५ बजेर १२ मिनेटमा बाजुराको खप्तड छेडेदह गाउँपालिका केन्द्रविन्दु बनाएर ४ दशमलव १ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।​ भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो।

मंगलबार राति डोटीको खप्तड राष्ट्रिय निकुञ्जनजिक केन्द्र भएर ६ दशमलव ६ म्याग्निच्युडको  भूकम्प जाँदा ६ जनाले ज्यान गुमाएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.