|

काठमाडौं : कामना सेवा विकास बैंकले दोस्रो संस्करणको ‘कामना सेवा फुटसल’ कपको खेल तालिका सार्वजनिक गरेको छ। हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा आयोजना हुने प्रतियोगिता शुक्रबार र शनिबार हुँदै छ।

 प्रतियोगितामा कुल २४ टिम सहभागी रहेका छन्। २४ टिमलाई ६ समूहमा विभाजन गरेर प्रतियोगिताको आयोजना गरिएको छ।

समूह ए मा सेन्चुरी बैंक, सूर्य लाइफ इन्सुरेन्स, कामना सेवा विकास बैंक र लुम्बिनी बैंक छन् भने समूह बी मा नेपाल इन्भेस्टमेन्ट बैंक, माछापुच्छ्रे बैंक, गरिमा विकास बैंक र रिलायन्स फाइनान्स रहेका छन्।

समूह सी मा सांग्रिला बैंक, ज्योति विकास बैंक, प्रभु बैंक र प्रिमियर इन्सुरेन्स छन् भने समूह डी मा एनएमबी बैंक, महालक्ष्मी विकास बैंक, साइन रेसुंगा बैंक र सिद्धार्थ बैंक रहेको छन्।

समूह ई मा सगरमाथा इन्सुरेन्स, सानिमा बैंक, गुर्खास फाइनान्स र राष्ट्रिय बीमा संस्थान रहँदा समूह एफ मा कुमारी बैंक, हिमालयन बैंक, मुक्तिनाथ बैंक र मेगा बैंक रहेका छन्।

लिगकम नकआउटका आधारमा हुने प्रतियोगिताको हरेक समूहका शीर्ष दुई टोलीले प्रि-क्वार्टर फाइनलमा स्थान बनाउने छन्। हरेक समूहको तेस्रो स्थानमा रहने टिम मध्येबाट गोलाप्रथाबाट थप ४ टोलीले प्रि-क्वाटरफाइनलमा स्थान बनाउनेछन्।

प्रतियोगितामा पहिलो पटक २ महिला टोलीले सहभागिता जनाउँदै छन्। यस पटक आयोजक कामना र माछापुच्छ्रेले सहभागिता जनाउँदै छन्। दुई टोलीबीच शनिबार सीधै फाइनल खेल हुनेछ।

प्रतियोगिता अखिल नेपाल फुटबल संघ (एन्फा) को फुटसल कमिटीले प्राविधिक सहयोग गर्नेछ। पहिलो संस्करणको उपाधि सिद्धार्थ बैंकले जितेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.