काठमाडौं : शुक्रबार प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले पहाडी भू–भागमा आंशिक बदली हुनेछ। बाँकी ठाउँमाा मौसम सामान्यतया सफा रहनेछ।
महाशाखाका अनुसार हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपातको पनि सम्भावना छ। हाल पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।