|

काठमाडौं : देशभर चिसो बढ्दै गएको छ। सबैजसो क्षेत्रमा न्यूनतम तापक्रम घट्ने क्रममा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम यो वर्षको सबैभन्दा कम विन्दुमा झरेको छ।  बिहानको तापक्रम ९ दशमलब ७ डिग्री सेल्सियस मापन गरिएको छ। 

तापक्रम घट्दै जाँदा हिमाली भू–भागका हिमपात हुन थालेको छ। शनिबार पनि केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ। त्यसैले पर्वतारोहण र पद यात्रा गर्दा विषेश सावधानी अपनाउन उसले आग्रह गरेको छ। 

शनिबार देशका पहाडी भू–भागमा आज बिहान आंशिक बदली रहेको छ। बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.