|

धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका–४ खरीमा गए राति बोलेरो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। 

 पराल बोकेर टारीबाट अर्यालगाउँतर्फ जाँदै गरेको गा १ ज ५५८० नंको बोलेरो सडकबाट खसेर दुर्घटना भएको थियो।

दुर्घटनामा ज्वालामुखी–४का ३५ वर्षीय उत्तम अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीले जानकारी दिए।

दुर्घटनामा चालक सहित पाँच जना घाइते भएका छन्। घाइतेको धादिङ अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.