|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज  कर्णाली प्रदेशका तीनवटा जिल्लाका आमसभालाई आज सम्बोधन गर्दैछन्। 

हिजो सुदूरपश्चिम प्रदेशको डोटी र धनगढीका आमसभालाई सम्बोधन गरेका ओलीले आज कालिकोट,दैलेख र सुर्खेतका आमसभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कालिकोटको मान्मा, दैलेखको क्षेत्र नं २ अन्तरगत विन्द्रासैनी चौर र सुर्खेतको वीरेन्द्रनगरमा आयोजना हुने चुनावी आमसभालाई अध्यक्ष ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको अध्यक्ष ओलीको सचिवालयले जनाएको छ। देश दौडाहामा निस्किएका ओली हिजो राति नेपालगन्जमा बसेका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.