|

काठमाडौँं : काठमाडौँं महानगरका मेयर बालेन्द्र साहले काठमाडौँं उपत्यकामा हुने सवारी दुर्घटना घट्दै जाने विश्वास व्यक्त गरेका छन्।

संघीय संसद्‌बाट काठमाडौँ उपत्यकामा हुने सडक दुर्घटना न्यूनीकरणका लागि विधेयक पारित भएकाले सडक दुर्घटना न्यूनीकरण हुँदै जाने बताए।

आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै उनले सार्वजनिक यातायातमा हुने जामका कारण मोटरसाइकल लगायतका दुईपाङग्रे सवारीसाधनको चाप बढेको उल्लेख गरे। मेयर साहले त्यसको व्यवस्थापनका लागि सम्बन्धित पक्षबीच सहकार्य गर्दै लैजानुपर्नेमा जोड दिइएको बताए।

उनले भने, ‘सम्बन्धित निकायबीच सहकार्य गरी सडक दुर्घटना न्यूनीकरण गर्न सक्छौँ। बाटोको इन्फास्ट्रक्चर वा ट्राफिक म्यानेजमेन्टका कारण दुर्घटना भएको हुन सक्ला। त्यसलाई विस्तारै हामीले मिलाउँदै जाने हो।’

सार्वजनिक यातायातले समयमै ठाउँमा नपुर्‍याएका कारण काठमाडौँमा मोटरसाइकलको संख्या बढेको बताए। रिङ रोडमा २ सय जति बसले पुग्नेमा २ हजारभन्दा पनि बस गुडेको उनले बताए।

उनले भने, ‘एक ठाउँबाट अर्को ठाउँमा पुग्न हामीले पैसा तिर्नुपर्नेमा जाममा बस्न पैसा तिरिरहेका हुन्छौँ। हालै संसद्‌बाट काठमाडौं उपत्यकाका लागि यातायात प्राधिकरण ऐन पास भएको छ। सबैले बराबर शेयर पाउने भएपछि प्रतिस्पर्धा हट्छ। रिङ रोडमा २ सय बसले पुग्नेमा जतिलाई पनि रुट अनुमति दिइरहेका छौँ। हामी ट्राफिकसँग पनि सहकार्य गरिरहेका छौँ।’

मेयर साहले काठमाडौँं उपत्यकामा हुने सवारी दुर्घटनामा परी घाइते भएकाको तत्काल उपचार हुने गरी आवश्यक व्यवस्था मिलाउन पनि प्रयास भइरहेको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.