|

खोटाङमा गठबन्धन र एमालेबीच प्रतिस्पर्धा
काठमाडौं ः आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा ९एमाले ०का उम्मेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ।

गठबन्धनको तर्फबाट नेकपा माओवादी केन्द्रका रामकुमार राई ‘पासाङ’  र  नेकपा एमालेबाट विशाल भट्टराई उम्मेदवारछन्। 

विसं २०६४ मा  क्षेत्र नं १ बाट तत्कालीन संविधानसभा सदस्य र २०७४ मा प्रदेशसभा २ बाट राई निर्वाचित भएका थिए। 

विसं २०५६ र २०६४ को निर्वाचनमा पराजित भट्टराई विसं २०७० र २०७४ मा विजयी भए। 

प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेशनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राई उम्मेदवारी दिएका छन्। 

 प्रदेशसभा (१) मा स्वतन्त्रसहित आठ–आठ तथा (२) मा छ  नेता चुनावी मैदानमा छन्। 

एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा वाम–लोकतान्त्रिक गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ।

दश स्थानीय तह रहेको जिल्लामा गत स्थानीय तहको निर्वाचनमा आठ  स्थानीय तह वाम–लोकतान्त्रिक गठबन्धनले जितेका थियो।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका लागि खसेको मतका आधारमा वाम–लोकतान्त्रिक गठबन्धनको ४७ हजार पाँच सय १३ मत छ। एमालेको २८ हजार सात सय ९७ मत रहेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा खसेको मतलाई आधार मानेर हेर्दा प्रदेशसभा १ मा कांग्रेस १६ हजार नौ सय ३४, माओवादी केन्द्रको आठ हजार चार सय २४ र एकीकृत समाजवादीको एक हजार एक सय २६ गरी गठबन्धनको २६ हजार चार सय ८४ मत छ। एमालेको १३ हजार दुई सय ५९ मात्र छ।

स्थानीय तहको चुनावमा वडाध्यक्षको मतका आधारमा प्रदेशसभा २ मा गठबन्धन नै अगाडि छ। 

माओवादीको १० हजार तीन सय १२, कांग्रेसको नौ हजार छ सय ९९ र एकीकृत समाजवादीको एक हजार १८ गरी २१ हजार २९ मत खसेको थियो। एमालेको भने १५ हजार पाँच सय ३७ मत छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.