|

काठमाडौं : कतारमा नोभेम्बर २० (पर्सी ) देखि आयोजना हुने फिफा विश्वकप ८ वटा रंगशालामा हुँदैछ।  भव्यरुपमा तयार पारिएका अधिकांश रंगशाला विश्वकप सकिएपछि दर्शक क्षमता घटाइने कतारले जनाएको छ।

प्रत्येक रंगशालामा कतारको संस्कृति र परम्परा झल्काइएको छ। 

१. अल बायत रंगशाला

क्षमता– ६० हजार
स्थान– अल खोर सिटी, सेन्ट्रल दोहाबाट ३५ किलोमिटर उत्तर 

डिजाइनरः दरअल–हन्डसाह

–२० नोभेम्बर, कतारविरुद्ध इक्वेडर

–२३ नोभेम्बर, मोरोक्कोविरुद्ध सेनेगल

–२५ नोभेम्बर, इङ्ल्यान्डविरुद्ध अमेरिका 

–२७ नोभेम्बर, स्पेनविरुद्ध जर्मनी 

–२९ नोभेम्बर, नेदरल्यान्ड्सविरुद्ध कतार 

–१ डिसेम्बर, कोष्टारिकाविरुद्ध जर्मनी 

–४ डिसेम्बर, अन्तिम–१६– समूह ‘बी’को विजेताविरुद्ध समूह ‘ए’को उपविजेता

–१० डिसेम्बर, क्वार्टरफाइनल– खेल ५१ को विजेताविरुद्ध खेल ५२ को विजेता

–१४ डिसेम्बर, सेमिफाइनल– खेल ५९ को विजेताविरुद्ध खेल ६० को विजेता 

यस रंगशालाले फिफा विश्वकप २०२२ को उद्घाटन खेलको आयोजना गर्नेछ।

 २‍. अहमद बिन अलि 

​​क्षमताः ४० हजार
 
स्थानः सेन्ट्रल दोहाबाट २० पश्चिम 
 
डिजाइनरः रमबोल

–२१ नोभेम्बर, अमेरिकाविरुद्ध वेल्स

–२३ नोभेम्बर, बेल्जियमेविरुद्ध क्यानडा 

–२५ नोभेम्बर, इङ्ल्यान्डविरुद्ध अमेरिका 

–२७ नोभेम्बर, जापानविरुद्ध कोष्टारिका 

–२९ नोभेम्बर, वेल्सविरुद्ध इङ्ल्यान्ड 

–१ डिसेम्बर, क्रोएसियाविरुद्ध बेल्जियम 

–३ डिसेम्बर, अन्तिम–१६– समूह ‘सी’को विजेताविरुद्ध समूह ‘डी’को उपविजेता

अल रायनमा रहेको यस स्टेडियमलाई पुनस्निर्माण गरिएको हो । यस रंगशाला रहेको स्थान कतारको सबैभन्दा ऐतिहासिक स्थल हो ।

३. अल जानौब ​

क्षमता : ४० हजार

स्थान : सेन्ट्रल दोहाबाट २२ किलोमिटर दक्षिण

डिजाइन : एईकोम र जहा हादिद आर्किटेक्ट

–२२ नोभेम्बर, फ्रान्सविरुद्ध अष्ट्रेलिया 

–२४ नोभेम्बर, स्विट्जरल्यान्डविरुद्ध क्यामरुन 

–२६ नोभेम्बर, ट्युनेसियाविरुद्ध  अष्ट्रेलिया 

–२८ नोभेम्बर, क्यामरुनविरुद्ध सर्विया 

–३० नोभेम्बर, अष्ट्रेलियाविरुद्ध डेनमार्क

–१ डिसेम्बर, घानाविरुद्ध हंगेरी 

–५ डिसेम्बर, अन्तिम–१६– समूह ‘ई’को विजेताविरुद्ध समूह ‘एफ’को उपविजेता

यो रंगशाला अल वक्राहमा रहेको छ । जुन स्थान कतारको पुरानो सहर मध्येको एक हो । इतिहासमा धनी शहर मानिन्छ ।

४. अल थुमामा 

क्षमता : ४० हजार
स्थान :सेन्ट्रल दोहाबाट १२ किलोमिटर दक्षिण 
डिजाइनर : अरब इन्जिनियरिङ ब्युरो

–२१ नोभेम्बर, सेनेगलविरुद्ध नेदरल्यान्ड्स 

–२३ नोभेम्बर, स्पेनविरुद्ध कोष्टारिका 

–२५ नोभेम्बर, कतारविरुद्ध सेनेृगल 

–२७ नोभेम्बर, बेल्जियमविरुद्ध मोरोक्को 

–२९ नोभेम्बर, इरानविरुद्ध अमेरिका

–१ डिसेम्बर, क्यानडाविरुद्ध मोरोक्को 

–४ डिसेम्बर, अन्तिम–१६– समूह ‘डी’को विजेताविरुद्ध समूह ‘ई’को उपविजेता

–१० डिसेम्बर, क्वार्टरफाइनल– खेल ५५ को विजेताविरुद्ध खेल ५७ को विजेता 

यो रंगशालाले अरबका मुलुकमा परम्परागत रुपमा लगाइने बुनेर बनाइने टोपी ’गफिया’ बाट प्रभावित भएर डिजाइन गरिएको छ । यसले कतारको संस्कृति र परम्परालाई झल्काउँछ । 

५. एजुकेसन सिटी 

क्षमता : ४० हजार

स्थान : अल रायन, सेन्ट्रल दोहाबाट ७ किलोमिटर उत्तरपश्चिम 

डिजाइनर : फेनविक इरिबेरेन आर्किटेक

–२२ नोभेम्बर, डेनमार्कविरुद्ध ट्युनेसिया  

–२४ नोभेम्बर, उरुग्वेविरुद्ध दक्षिण कोरिया 

–२६ नोभेम्बर, पोल्यान्डविरुद्ध साउदी अरेबिया 

–२८ नोभेम्बर, दक्षिण कोरियाविरुद्ध घाना

–३० नोभेम्बर, ट्युनेसियाविरुद्ध फ्रान्स 

–२ डिसेम्बर, दक्षिण कोरियाविरुद्ध पोर्चुगल 

–६ डिसेम्बर, अन्तिम–१६– समूह ‘एफ’को विजेताविरुद्ध समूह ‘ई’को उपविजेता

– ९ डिसेम्बर, क्वार्टरफाइनल– खेल ५३ को विजेताविरुद्ध खेल ५४ को विजेता 

यस रंगशालालाई हिराको जस्तै आकार दिइएको छ । हिरा जस्तो ज्यामितीय ढाँचामा रहेको यस रंगशालामा सूर्यको गतिसँगै आफ्नो रङ परिवर्तन भएको देखिन्छ ।

६. खालिफा इन्टरनेसनल ​

क्षमता : ४० हजार

स्थान : अस्पायर, सेन्ट्रल दोहाबाट ५ किलोमिटर पश्चिम

–२१ नोभेम्बर, इङ्ल्यान्डविरुद्ध इरान

–२३ नोभेम्बर, जर्मनीविरुद्ध जापान 

–२५ नोभेम्बर, नेदरल्यान्ड्सविरुद्ध इक्वेडर 

–२७ नोभेम्बर, क्रोएसियाविरुद्ध क्यानडा 

–२९ नोभेम्बर, इक्वेडरविरुद्ध सेनेगल 

–१ डिसेम्बर, जापानविरुद्ध स्पेन 

–३ डिसेम्बर, अन्तिम–१६– समूह ‘ए’को विजेताविरुद्ध समूह ‘बी’को उपविजेता

–१७ डिसेम्बर, तेस्रो स्थानको लागि 

यो रंगशाला १९७६ मै स्थापना भएको हो । यस रंगशालाको उद्घाटन गरेदेखि नै खेलकुदका सम्झनलायक ठूला ठूला प्रतियोगिताहरू आयोजना गरिसकेको छ।
 

७. लुसेल रंगशाला

क्षमता : ८० हजार

स्थान :सेन्ट्रल दोहाबाट २० किलोमिटर उत्तर 
डिजाइनर :फोस्टर  पार्टनर्स

–२२ नोभेम्बर, अर्जेन्टिनाविरुद्ध साउदी अरेबिया

–२४ नोभेम्बर, ब्राजिलविरुद्ध सर्विया

–२६ नोभेम्बर, अर्जेन्टिनाविरुद्ध मेक्सिको 

–२८ नोभेम्बर, पोर्चुगलविरुद्ध उरुग्वे

–३० नोभेम्बर, साउदी अरेबियाविरुद्ध मेक्सिको

–२ डिसेम्बर, क्यामरुनविरुद्ध ब्राजिल 

–५ डिसेम्बर, अन्तिम–१६– समूह ‘एच’को विजेताविरुद्ध समूह ‘जी’को उपविजेता

– ९ डिसेम्बर, क्वार्टरफाइनल– खेल ४९ को विजेताविरुद्ध खेल ५० को विजेता

–१३ डिसेम्बर, सेमिफाइनल– खेल ५७ को विजेताविरुद्ध खेल ५८ को विजेता 

–१८ डिसेम्बर, फाइनल 

८० हजार क्षमताको लुसेल स्टेडियमले कतारको महत्वकांक्षालाई मूर्त रुप दिएको छ । 

 यस रंगशालामा विश्वकपका फाइनलसहित १० खेल आयोजना  हुनेछन्। 

८. स्टेडियम ९७४

दर्शक क्षमता : ४०,००

स्थान : सेन्ट्रल दोहाबाट १० किलोमिटर पूर्व

डिजाइनर :फेनविक इरिबारेन 

–२२ नोभेम्बर मेक्सिकोविरुद्ध पोल्यान्ड

–२४ नोभेम्बर पोर्चुगलविरुद्ध घाना

–२६ नोभेम्बर फ्रान्सविरुद्ध डेनमार्क

–२८ नोभेम्बर ब्राजिलविरुद्ध स्विट्रल्यान्ड

–३० नोभेम्बर पोल्यान्डविरुद्ध अर्जेन्टिना

–२ डिसेम्बर सर्वियाविरुद्ध स्विट्जरल्यान्ड

–५ डिसेम्बर अन्तिम–१६ समूह ‘जी’को विजेताविरुद्ध समूह ‘एच’को उपविजेता

यो रंगशाला स्ट्यान्डर्ड सर्टिफाइड सिपिङ कन्टेनर र मोडुलर स्टिल सामाग्रीको प्रयोग गरेर बनाइएको हो। त्यसकारण यस रंगशालाले पहिलो खेल आयोजना गर्नु अघि नै इतिहास रचिसकेको छ । यो पूर्ण रुपमा अलग अलग गर्न योग्य पहिलो रंगशाला हो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.