|

बिहान उठ्दा–नउठ्दै अस्ताइसेका थिए जूनहरू। जूनसँगै ताराहरू कोही उदाउँदै थिए। कोही अस्ताउँदै थिए। केवल सूर्यको तेजले ताराहरूलाई पाखा लगाउँदै र्मिमिरे उज्यालोले धर्तीमा आगमन गर्दै गर्दा बिहानीको लाली किरणसँगै जिउ तनाक–तुनुक पारी पारिलो घामको तापमा बसेर दिनको पर्खाइमा थियो मेरो मन।

मान्छेको मन न हो। कहिले कहाँ, कहिले कहाँ सबैको हुनेनै गर्दछ। तर, म त्यस दिन एउटा अत्यन्तै सुन्दर ठाउँको अवलोकन गर्न निश्किएको थिए। जुन ठाउँ मेरा पुर्खाहरूले लामो समयसम्म खनि–जोती गरेर हिजोको ढुंगे युगको कठिन परिस्थीतिलाई विस्तारै आजको आधुनिक युगतर्फ धकेलेका थिए।

मेरा पुर्खाको डि.एन.ए. खोजी गर्ने हो भने निकै कठिन छ। तर मेरो पुर्खाले लामो समयसम्म काम गरेको ठाउँ भएर होला। म त्यसदिन मेरा पुर्खाले सयौं बर्षअघि परिश्रम बगाएको ठाँउमा मेरो स्पर्ष हुन पुगेको थियो। जुन ठाउँ त्यही थियो। जुन मानव बस्तीभन्दा अलि दुर थियो।

जुन बस्तीलाई दुई तिरबाट खोलाले काटेको थियो। तल आएर खोला दोभानको परिणत भएको छ। जुन स्थानलाई हेर्दा जो कोही भन्न सक्छन यो स्वर्गको सानो टुक्रो हो। जसलाई यहाँका मानिसहरूले निकै मेहनतका साथ सजाएका छन्। अनि सजाएको ठाउँमा उनको याद दिलाउने खालको स्पर्ष भइनैरहेको छ।

पश्चिम तिरको खोला ककुवाको किनारै–किनार अत्यन्तै अनकन्टार ठाउँमा खोपबाट ओरालो (पाँच पाण्डपले वनवाँस बसेको ठाउँबाट) हिडेपछि त्यो स्थानमा पुगिन्छ जुन ठाउँमा पुर्वको खोला सिस्नेको कल–कल पानीलाई भेट्न सकिन्छ। जसलाई दुइ खोलीको दोभान भन्ने गरिन्छ। दुईखोलीको दाभोनमा आएपछि माथिपटि फर्कैर हेर्दा एउटा त्रिभुज आकारको जमिन देखिन्छ। त्यही ठाउँ हो मेरो पुर्खाको थलो।

मन्दिरको छेउमा घण्टीहरूले सजाइएको थियो। साथमा त्रिशुल पनि थिए। र एउटा पिपलको बोट समेत रहेको ढुंगामा गई म थकाइ मार्ने भनि बसिरहेका थिए। सोही वेला मेरा साथीहरूले जल चढाउने काम गर्नु भयो। मैले पनि पानीको मुहान संगै बनाएको धाराबाट अन्जुलीमा पानी लिई जल चढाउने काम भयो। यसरी हामीले जल चढाई मन्दिरको दर्शन गर्दै गर्दा मन्दिरको सुन्दरताको बयान गर्न मन लाग्यो। मन्दिरको सुन्दरता यस्तो थियो कसैले सपनामा देखेको मन्दिरभन्दा पनि सुन्दर।

त्यसदिन त्यस ठाउँबाट माथितिर जाँदै गर्दा एउटा अत्यन्तै स्मरणीय स्थानको पहिचान भयो। जसलाई मैले हेर्दा, मेरो पुर्खाको चिहानलाई सबैतिरबाट झलमल्ल बत्तिले ढाँकिएको थियो। बत्तीसंगै चिहानको सिंनलबाट एउटा अनौठो स्वाद निश्किएको थियो। जसलाई शब्दमा उच्चारण गर्न निकै कठिन हुने गर्दछ। हुन त साहित्यकारहरूले स्वादलाई पनि सब्दमा उच्चारण गर्न सक्छन्। आफै त्यस चिहानको नजिक गएर हेरी रहेको थिएँ।

चिहानसँगै चिहानमा समेत आवाज आइहेको थियो। जहाँ विभिन्न मणिक तथा रत्नहरूले हामीलाई स्वागत गरेको आभास भएको थियो। हामी त्यसदिन म मात्रै कहाँ भ्रमण गरिहेका थिए र म संगै अन्य धेरै जना साथीहरू संगै थियौ। 

चिहानमा रहेको १०–१५ बटा कपुरथानलाई नियालेर हेरपछि मात्र याद भयो। यो चिहान मेरो पुर्खाले बनाएको चिहान हो। जहाँ पुर्खाको नासो अझै छ। जसलाई निकै सुन्दरताले छाएको थियो। सुन्दरतासंगै बोट, विरुवा, रुख, पात सबैको स्पर्ष हुँदै थियो। हामी भने एकनाशसँग अगाडी बढीरहेका थियौ।

​अब हामीले दोभानबाट माथितर्फ जानका लागि अत्यन्तै सुन्दर बाटाहरू हिडेर जानुपर्ने थियो। त्यो बाटो यस्तो थियो जुन बाटोको सुन्दरताको बारेमा जति बयान गरेपनि नपुग्ने थियो। साँच्चीकै बाटो सुन्दर थियो। खै कसरी बयान गरुँ बाटोको सुन्दरताको, बाटोको दुवै तर्फ विश्व प्रसिद्ध फुलहरूले सजाइएको थियो भने। बिचमा हिड्दा समेत बाटोमा फोहोर लाग्छकी बनेर हिड्नुपर्ने खालको थियो। त्यो बाटोको दाँया वाँया पानीका फोहोराहरूले सजिएको थियो। पानीसंगै विभिन्न आकृतिहरूको झल्को आउने गर्दथ्यो।

बाटै–बाटो उकालै–उकालो आउदा माथी आएपछि तलतिर फर्केर हेर्दा साँचै मनमोहक लाग्ने दृष्यहरू थिए। जुन दृष्यले मलाई मेरो पुर्खाले यस धर्तिमा आएपछि निकै कठोर तपस्या गरेका रहेछन भन्ने महशुस भएको थियो। यसलाई महशुस गर्दे मैले अलिकति मास्तिर आएर बर पिपलको चौतारमा विसाएर के हेरेको थिए।

जहाँ चिहान संगै मन्दिरहरू पनि थिए अनि ती मन्दिरमा सुन्दर महिलाहरूले पुजा आरधारा गरिहेको थिए। अब अवलोकनमा निश्किएको पुरुषहरू पनि त्यस मन्दिरको छेउमा गएर आफूलाई मन्दिरको आराधानाको लागि तयार पार्ने लागेको वेला एक अधवैशे दिदीले बलाएर बन्नु भयो बाबू यो मन्दिरको पूजा आराधारा गर्न अगि जल चढाउनु पर्दछ। जुन जलले हाम्रा पुर्खाको सराप वग्नेछ  यो खोलाजस्तै। भनेर भन्नुभयो।

मन्दिरको छेउमा घण्टीहरूले सजाइएको थियो। साथमा त्रिशुल पनि थिए। र एउटा पिपलको बोट समेत रहेको ढुंगामा गई म थकाइ मार्ने भनि बसिरहेका थिए। सोही वेला मेरा साथीहरूले जल चढाउने काम गर्नु भयो। मैले पनि पानीको मुहान संगै बनाएको धाराबाट अन्जुलीमा पानी लिई जल चढाउने काम भयो। यसरी हामीले जल चढाई मन्दिरको दर्शन गर्दै गर्दा मन्दिरको सुन्दरताको बयान गर्न मन लाग्यो। मन्दिरको सुन्दरता यस्तो थियो कसैले सपनामा देखेको मन्दिरभन्दा पनि सुन्दर।

सायद यस्तो प्रकारको मन्दिर यो विश्वको कुनै पनि भुभागमा छैन होला। अनि यस्तो ठाउँ जहाँको मान्छेहरूले एक अर्कालाई आधार सम्मान गरेको देखेर मरो मन निकै हलुङ्गो भएको थियो। हलुङ्गो मनले भगवानको आराधना गर्दा झनै मन प्रसन्न हुने रहेछ। प्रसन्न मनको कामना स्वरुप हामीले मन्दिरको फुलपाती आफ्ना सन्ततीको लागि भन्दै राखेर हामी थप उकालो बाटोतर्फ लाग्ने जमर्को गर्‍यौँ।

जसलाई मानिसहरूले भगवानको घर भन्दा रहेन। साँच्चै त्यो घर जति सुन्दर थियो। जहाँको मानिसहरू पारदर्शी घरहरूमा बस्ता रहेछन्। घरको खानेकुराको कुरा गर्ने हो भने त्यो पनि फरक थियो। जहाँ माछामासु भन्दा साँग सब्जी धेरै महंगा थिए। खानेकुरा नन भेजिटेवल भन्दा पनि भेटिजटेवल नै बढि थियो। हामी जति–जति माथि जाँदै थियो। त्यति नै त्यस गाउँको सुन्दरता थपिदै थियो। म निन्द्रा देवीको काखबाट झल्यास्स विउझिए अनि फेरी याद आयो। मेरो गाउँ, म जन्मेको ठाउँ, घुमेको ठाउँ जुन ठाउँ थियो। साल्पासिलिछो गाउँपालिका वडा नं ३ को मासकाटा।

सायद यही भएर होला आज मेरो गाउँ साल्पासिलिछो गाउँपालिकाले परिचित भएको छ। जहाँ सुम्निमा पारुहाङ्गको बासस्थान रहेको छ। भवगानको लिला नै होला। नेपालको संघीय संरचनाअनुसार साल्पा पोखरी र सिलिछो पहाडलाई आपसमो जोडेल साल्पासिलिछो स्थापना भएको। जुन पहाडलाई हेर्नका लागि बिश्वको विभिन्न देश तथा नेपालको विभिन्न भुभागबाट अवलोकन गर्नका लागि आउने गर्दछन्। जहाँको भ्रमण गर्दा यात्रीहरूले विभिन्न किसिमको छहरा, झरना, खोला, नाला तथा बस्तीहरूको अवलोकन गर्न पाउँछन्।

यहाँको बस्तीहरूमा रहेका अथिति सत्कार गर्ने कला। अनि विभिन्न फाँटहरूमा रहेका चौरी गाईहरू। सँगसंगै आकासका उडीरहेको चिलहरूको वेग। जसले हाम्रो पालिकालाई थप मनोरम बनाउँदै लगेको छ। हामीले साल्पासिलिछोको भ्रमण गर्दा देखिने दृष्यलाई हामीले कैद गर्दे जाने हो भने।

विश्वका दुर्लभ भनिएको रेडपाण्डा यस क्षेत्रमा हामीले अवलोकन गर्न सक्छौं। यसैगरी पुर्वी नेपालको पहिलो गुम्बाको अवलोकन गर्न सक्छौं। त्यसैगरी पुस्तौं अगाडीको मानेहरूको समेत हामीले अवलोकन र रामायणको संजिवनी बुटि भन्दा बहुमुल्या जडिबुटिहरूको अवलोकन गरी यस पालिकालाई समृद्धि तर्फ लैजान सकिन्छ।

यसरी हामीले हिजोको पुर्खाको नासोलाई सजाउनको लागि अथवा भोलीका भविश्यको हुनसक्ने विभिन्न व्यवधानका समाधान गर्नका लागि हामीले वस्तीलाई नियाल्नु पर्दछ। जहाँ बस्तीभित्र मान्छे रहेको छन्। जसलाई भनिन्छ बस्ती भित्रको मान्छे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.