|
फाइल फोटो

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले सत्ता गठबन्धनले बहुमत ल्याउने दाबी गरेका छन् ।

चितवनको भरतपुर १४ स्थित राष्ट्रिय आधारभूत माविको मतदान केन्द्रमा मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै दाहाले गठबन्धनले बहुमत ल्याउने र बहुमतको सरकार बनाउने दाबी गरेका हुन्।

पत्रकारको प्रश्नमा उनले अहिले प्रधानमन्त्रीको टुंगो लागिनसकेको बताए। प्रधानमन्त्री पद समस्याको विषय नभएको र छलफल गरेर टुंगो उनले बताए। ‘प्रधानमन्त्रीकै कारण गठबन्धन टुट्दैन ’, उनले भने।

उनले निर्वाचन स्वच्छ र धाँधलीरहित हुने भन्दै सबै मतदातालाई मतदानमा भाग लिन आग्रह गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.