|

धनगढी : सुदूरपश्चिम प्रदेश सभाका निवर्तमान सदस्य डिल्लीराज पन्तले मतदान गरेका छन्। कैलालीको निर्वाचन क्षेत्र नम्बर ५ मा गठबन्धनका उम्मेदवार रहेका पन्तले त्रिनगर माध्यामिक विद्यालयको मतदान केन्द्रमा मतदान गरेका हुन्। 

प्रदेशको अस्थायी राजधानी समेत रहेको निर्वाचन क्षेत्र नम्बर ५ मा १० जना प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन्। यो क्षेत्रमा पूर्व मन्त्री नारदमुनि राना नेकपा एमालेबाट उम्मेदवार छन् भने पूर्व राज्यमन्त्री पुष्करनाथ ओझा स्वतन्त्र उम्मेदवार छन्।

यस्तै, निवर्तमान प्रदेश सभा सदस्य डिल्लीराज पन्त गठबन्धनका उम्मेदवार हुन्।  क्षेत्र नम्बर ५ मा अन्य उम्मेदवारमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट इश्वरी विष्ट, नेपाल मजदुर किसान पार्टीका नन्दाकुमारी दर्लामी मगर, लोकतान्त्रिक समाजवादीका दानबहादुर विश्वकर्मा उम्मेदवार छन्।

कैलाली निर्वाचन क्षेत्र नम्बर ५ मा गगनबहादर धामी, जगदीश चौधरी, रामबहादुर सिंह र सत्यराज उपाध्याय पनि स्वतन्त्र उम्मेदवार छन्। कैलालीका पाँच वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभातर्फ ७८ उम्मेदवार छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.