|

काभ्रेः पुर्व उर्जा राज्य मन्त्री सुर्यमान दोङ (लालध्वज) मतदान गरेका छन्। काभ्रेको प्रतिनिधिसभा क्षेत्र नम्बर १ का बाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार समेत रहेका दोङले मतदान गरेका हुन्। 

दोङले काभ्रेको तेमाल गाउँपालिका–९ स्थित् मैनाजाङ केन्द्र मुक्पाबाट मतदान गरेका छन्। विहानै मतदान केन्द्र पुगेर उनले संधिधान र गणतन्त्रको रक्षाको लागि मतदान गरेको बताए।

उनले काभ्रेको ६ वटै निर्वाचन क्षेत्रमा गठबन्धनको जित सुनिश्चित भएको समेत दाबी गरे। काभ्रे–१ बाट दोङसँगै १७ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। तीमध्ये उनको मुख्य प्रतिस्पर्धी उम्मेदवार भने नेकपा एमालेका रेशम लामा हुन्।

त्यस्तै काभ्रे–२ का उम्म्ेदवार काभ्रे प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवारद्वय गोकुल बास्कोटा र शिव हुमागाईंले मतदान गरेका छन्।

बास्कोटाले काभ्रेको मणडनदेउपुर–४ स्थित् नयाँगाउँ मतदान केन्द्र र हुमागाईंले पनौती नगरपालिका–९ स्थित् शारदा माध्यमिक विद्यालयबाट मतदान गरेका छन्। 

बाँस्कोटा नेकपा एमालेका उम्मेदवार र हुमागाई सत्ता गठबन्धनका साझा उम्मेदवार हुन्। उम्मेदवारद्वय एक अर्काका प्रतिस्पर्धीसमेत हो।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.