|

दाङ : दाङको तुलसीपुरमा रहेको एक मतदान केन्द्रमा मतदान रोकिएको छ। निर्वाचन क्षेत्र-३ मा पर्ने तुलसीपुर उपमहानगरपालिका-१० को मावि पातुबनगाउँ केन्द्रको मतदानस्थल ‘ग’ मा मतदान स्थगित भएको हो।

कर्मचारीहरूको गल्तीले प्रदेश सभाको मात्रै मतपत्र पठाइएकाले समस्या भएको  मतदान केन्द्रकी मतदान अधिकृत पुष्पलता घर्तीले जानकारी दिइन।

‘पहिलो पटक ५० वटा मतपत्रको बन्डल पठाउँदा ठिकै थियो, दोस्रो पटक एक सय वटाको बन्डल पठाउँदा सबै प्रदेश सभाको मतपत्र मात्रै गयो,’उनले भनिन्। ४२ जनाले मत खसालिसकेपछि मात्र थाहा भएको भन्दै उनले अब के गर्ने भन्ने विषयमा आफूले माथि जानकारी गराएको पनि उनले बताइन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.