|

विराटनगर : मोरङको बुढीगंगा १ करैयामास्थित मतदान केन्द्रमा बिस्फोटपछि रोकिएको मतदान पुनः शुरु भएको छ। केहीबेरअघि मतदान शुरु भएको मोरङका प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले जानकारी दिए ।

बिहान साढे ९ बजे मतदान स्थलमा बिस्फोट भएपछि मतदान स्थगित भएको थियो नेपाली सेनाले मतदान स्थल आसपासका क्षेत्रमा सर्च अभियान संचालन गरी भिडलाई हटाएर अवस्था सामान्य बनाएको थियो । त्यहाँ २९५० मतदाता रहेका छन् । खसेको मत रुजू गर्ने काम सम्पन्न भएपछि मतदान शुरु गरिएको प्रजिअ दाहालले बताए ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.