|

काठमाडाैं : सिन्धुपाल्चाेकमा दिउँसाे १ बजेसम्ममा ३५ प्रतिशत मत खसेको छ। प्रमुख जिल्ला अधिकारी बेधनिधि खनालका अनुसार मतदान कार्य छिटपुट घटनाबाहेक शान्तिपूर्ण रहेको छ।

जिल्ला निर्वाचन अधिकारी विकास शर्मा रिजालले एक अस्थायीसहित एक सय ४६ मतदानस्थलमा मतदान सुरु भएको बताए। ती स्थलका तीन सय २१ मतदान केन्द्रमा मतदान जारी रहेको हो। दुई प्रतिनिधिसभा तथा चार प्रदेशसभा निर्वाचनका लागि सिन्धुपाल्चोकमा जम्मा दुई लाख ६० हजार दुई सय ७३ मतदाता छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.