|

धनगढी : दार्चुलाको एक मतदानस्थलमा विवाद उत्पन्न भएपछि हवाई फायर गरिएको छ। जिल्लाको शैल्यशिखर नगरपालिका–५ स्थित ग्वानी बगौराको मालिकार्जुन मावि मतदान स्थलमा प्रहरीले हवाई फायर गरेको हो।

विवाद पैदा भएपछि त्यहाँको मतदान प्रक्रिया रोकिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। मत हाल्ने क्रममा दुई पक्षबीच विवाद भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको थियो। अहिले मतदान पुनः सुचारु गर्नका लागि विवाद गर्ने पक्षहरूबीच सहमतिको प्रयास गरिँदैछ।

​एकजनाको नामबाट अर्कैले मत हालेपछि विवाद सुरु भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.