|

जनकपुरधाम : धनुषाको एक मतदान केन्द्रमा अझै मतदान शुरु हुन सकेको छैन। जिल्लाको निर्वाचन क्षेत्र नम्बर–२ मा अवस्थित कमला नगरपालिकाको वडा नम्बर–६ मडानमा रहेको बिलट बौकु मावि (ख) केन्द्रको मतदान शुरु हुन नसकेको हो।

मतपेटिकामा सामान्य गडबडी भएको भन्दै मतदान शुरु हुन नसकेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले बताए। उनले सामान्य प्राविधिक त्रुटि भएको र त्यसलाई सच्याइसकिएकाले अबको केही बेरमा मतदान शुरु हुने जानकारी दिएका छन्।

प्रदेशसभाको मतपेटिका प्रतिनिधिसभामा हेरफेर भएको भन्दै स्थानीयले विवाद गर्दा मतदान शुरु हुन नसकेको मतदान अधिकृत धर्मअवतार कोइरालाले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.