|

कपिलवस्तु : कपिलवस्तुमा अहिले सम्म ५९ प्रतिशत  मत खसेको छ।  साढे ३ बजे सम्मको अवधिमा उक्त मत खसेको  जिल्ला निर्वाचन कार्यालय कपिलवस्तुले जनाएको छ।

जिल्लाको शिवगढीमा अन्य तुलनामा कम मतदान भएको छ। शिवराज ९ शिवगढीमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा रहेको १ हजार २ सय ६६ मत मध्ये  ५ सय ४० मात्र मत खसेको जनाइएको छ।

नेत्र बिक्रम चन्दको घर नजिकै रहेको उक्त मतदान स्थलमा मतदाताहरू मतदानको लागि  गएका छैनन्। दुई घण्टाको अवधिमा जम्मा दश जना मात्र मतदाता गएका छन्।

जिल्लाका सबै स्थलमा शान्तीपुर्ण मतदान भएको छ। जिल्ला २ सय ३४ मतदान स्थल मा ४ सय ७२ मतदान केन्द्र निर्धारण गरिएको छ। जिल्लामा तीन लाख ७८ हजार २ सय ३२ मतदाता रहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.