|

कपिलवस्तु : कपिलवस्तुको निर्वाचन क्षेत्र नम्बर ३ मा किरियापुत्रीले मतदान गरेका छन्। जिल्लाको शिवराज नगरपालिका-९ शिवगढी रहेको शिवगढी आधारभूत विद्यालय बिजगौरी मतदान केन्द्रमा तीन जना किरियापुत्रीले मतदान गरेका हुन्।

बुवा फिर्ते गिरिको निधनको शोकमा किरिया बसेका छोराहरू दुर्गा गिरि ,सुर्य गिरि र श्रीमती उमा गरिले मतदान गरेका छन। एक मतले सक्षम व्यक्ति हार्न सक्ने भएकोले दु:खद घडीमा पनि मतदानमा सहभागी भएको छोरो सूर्य गिरिले बताए। फिर्ते गिरिको दुई दिन अघि निधन भएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.