|

काठमाडौं : ​निर्वाचन आयोगले फरक मतपेटिकामा परेको मतपत्र सदर हुने जनाएको छ।

आइतबार साँझ पत्रकार सम्मेलन गर्दै आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले यसको मतगणना हुने जानकारी दिएका हुन्।

‘सबै प्रकृतिका मत सगँसँगै मतगणना हुन्छ,जस्तो कुनै प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मत त्यहीँको समानुपातिकतर्फको बाकसमा खसाएको अवस्था भए ठाउँको ठाउँ जोड्न सकिने छ,सहमति कायम गरी मतगणना गरिनेछ’उनले भने।

उनका अनुसार देशभर ६१ प्रतिशत मत खसेको छ। अहिले उनले मतपेटिका ढुवानी भइरहेको जानकारी दिँदै काठमाडौंलगायत केही ठाउँमा आज नै मतगणना हुने बताए।

उनले देशभर चार जिल्लाका १५ स्थानमा मतदान स्थगित भएको र त्यहाँ दुई दिनभित्र मतदानको व्यवस्था मिलाउन निर्देशन दिइएको बताए। उनका अनुसार सुर्खेत, नवलपरासी, गुल्मी र बाजुराका विभिन्न स्थानमा मतदान रोकिएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.