|

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर ४ को मतगणना सुरु भएको छ।  बुढानिलकण्ठ चपलीस्थित ज्येष्ठ नागरिक भवनमा  मतगणना भइरहेको छ।

काठमाडौंको १० निर्वाचन क्षेत्रको मतगणना फरक फरक स्थानमा यतिखेर मतगणना भइरहेको छ।

काठमाडौं जिल्ला निर्वाचन अधिकारी ठाकुरप्रसाद भट्टराईका अनुसार काठमाडौं क्षेत्र नम्बर १ को मतगणना बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा, क्षेत्र नम्बर २ को कागेश्वरी मनोहरास्थित राधाकृष्ण मन्दिरमा, क्षेत्र नम्बर ३ को गोकर्णेश्वर नगरपालिका जोरपाटीस्थित चामुण्डा विद्यालय लगायत स्थानमा मतगणना भइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.