|

सुर्खेत : उपल्लो डोल्पासहित तल्लो डोल्पाको मुड्केचला, जगदुल्ला गाउँपालिकाको मतपेटिका सदरमुकाममा ल्याउन अझै एक दिन कुर्नुपर्ने भएको छ।

ठुलीभेरी नगरपालिका , त्रिपुरासुन्दरी नगरपालिकाको मात्र मतपेटिकाहरु सदरमुकाम दुनैमा पुर्‍याएकाे डोल्पाका जिल्ला निर्वाचन अधिकारी रामबहादुर सार्कीले जानकारी दिए।

उपल्लो डोल्पाबाट हेलिकोप्टरको सहायताले मत पेटिकाहरु सदरमुकाम ल्याउने तयारी भइरहेको अधिकारी सार्कीले बताए।  

त्यस्तै,जाजरकोटको पश्चिम क्षेत्र जुनिचाँदे , शिवालय गाउँपालिकाको मतपेटिकाहरु सदरमुकाम बेलुकी सम्म मात्र पुग्ने मुख्य निर्वाचन अधिकृत केशवराज चपाइले बताए। बेलुकी नै सर्वदलीय बैठक बोलाएर मतगणनाको काम हुने उनले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.