|

काठमाडौं : मुस्ताङको प्रदेशसभा १ बाट नेपाली कांग्रेसका उम्मेदवार नाम्डु गुरुङ निर्वाचित भएका छन्।

विजयी गुरुङले १ हजार ४८ मत  प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा एमालेका इन्द्रधारा विष्टले ७९३ मत प्राप्त गरे।

विष्ट यसअघि एमालेबाट निर्वाचित प्रदेश सांसद थिए। यहाँ १ हजार ८ सय ५५ मत खसेको थियो।

प्रतिनिधिसभामा मुस्ताङबाट नेपाली कांग्रेसका उममेदवार योगेश गौचन थकाली विजयी भइसकेका छन्। ७ हजार २३० मत खसेको मुस्ताङमा गौचन ९१४ मतान्तरले विजयी भएका हुन्। 

उनले नेकपा एमालेका उम्मेदवार निवर्तमान सांसद प्रेमप्रसाद तुलाचनलाई पराजित गरेका हुन्। गौचनले ३ हजार ९९२ मत पाउँदा उनका प्रतिद्वन्द्वी तुलाचनले ३०७८ मत पाएका छन्। यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुदेश गुरुङले ४१ मत प्राप्त गरेका छन्। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.