|

काठमाडौं : मंसिर ४ गते निर्वाचन भएका निर्वाचन क्षेत्रहरुको मतगणना कार्य  तीव्र गतिमा जारी छ। काठमाडौंको ४ नम्बर क्षेत्रमा कांग्रेसका गगन कुमार थापा र एमालेका राजन भट्टराई प्रतिस्पर्धी छन्।

पछिल्लो मत परिणामको ताजा अपडेटअनुसार गगनले ३४८९ मत प्राप्त गरेर अग्र स्थानमा छन् त्यस्तै दोस्रो स्थानमा भट्टराईले २७१९ मत पाएका छन्। त्यस्तै, राप्रपाको हलो चिन्हले ४१८ मत पाउँदा लोरो चिन्हले १९७ मत पाएको छ। ४५ हजार ७०५ मत खसेको यस क्षेत्रमा हाल ७५ सय ७१ मत गणना भएको बताइएको छ।

उपत्यकालगायत विभिन्न जिल्लाका मतदान केन्द्रहरुमा अहिले मतगणना कार्य धमाधम भइरहेको हो।

काठमाडौं जिल्लाका १० वटा निर्वाचन क्षेत्र, भक्तपुरका २ र ललितपुरका ३ वटा मतदान केन्द्रहरुमा पनि सर्वदलीय बैठक बसेर मत गणना कार्य धमाधम भइरहेको हो।

मतगणना स्थलमा विभिन्न पार्टी र स्वतन्त्र उम्मेदवारहरुको उपस्थितिमा मतगणना कार्य भइरहेको हो। देशभर नै विभिन्न मत गणनास्थल बनाएर मत गणना कार्य जारी छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.