|

कञ्चनपुर : निर्वाचन क्षेत्र १ र २ मा पनि मत गणना शुरु भएको छ। सोमबार दिउँसोबाट मत गणना शुरु भएको हो। 

यसअघि क्षेत्र ३ मा मत गणना शुरु भएको थियो। निर्वाचन क्षेत्र १ र २ का निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यतर्फ मत गणना थालिएको जनाएको छ।

निर्वाचन क्षेत्र १ का निर्वाचन अधिकृत कृष्णप्रसाद नेपालले मत गणना शुरु भएको बताए। क्षेत्र १ मा ६४ हजार २३९ र २ मा ६५ हजार १४६ मत खसेको थियो।

क्षेत्र ३ मा प्रतिनिधिसभा सदस्यतर्फ वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार रमेश लेखकले अग्रता लिएका छन्। २२ सय गन्दा गठबन्धनका रमेश लेखक १ हजार १४५ र एमालेका निरुदेवी पालले ६३० मत ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.