|

काठमाडौं : प्रतिनिधिसभाको समानुपातिकतर्फको मतगणनाको परिणाम पनि आउन थालेको छ।

निर्वाचन आयोगका पछिल्लो मत परिणामले नेपाली कांग्रेस ४ हजार २६७ मतसहित पहिलो स्थानमा रहेको देखिएको छ।

नेकपा एमाले ३ हजार ५६९ मतसहित दोस्रो र घण्टी चुनाव चिह्न भएको राष्ट्रिय स्वतन्त्र पार्टी २ हजार १३५ मतसहित तेस्रो स्थानमा छ। नेकपा माओवादीले १५ सय ९ मत पाएको छ।

राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले १ हजार ४४, जनमत पार्टीले ५३९, जसपाले ५०९ मत पाएको छ। नेमकिपाले ३२४, हाम्रो नेपाली पार्टीले १२० र नेकपा एकीकृत समाजवादी पार्टीले ९७ मत पाएको आयोगको मतपरिणामले देखिएको छ। अन्य पार्टीले ४५३ मत पाएका छन्। 

प्रदेशतर्फ पनि समानुपातिकका मत गन्न थालिएको छ। जसअनुसार २ वटा प्रदेशमा एमाले, एउटा प्रदेशमा कांग्रेस र एउटामा जनमत अघि देखिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.