|

डडेल्धुरा : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका डडेल्धुराका प्रतिनिधिसभा उम्मेदवार शेरबहादुर देउवाले अग्रता कायमै राखेका छन्।

२ हजार ९५६ मत गन्दा देउवाले १ हजार ४०४ मत पाएका छन्। उनलाई स्वतन्त्र उम्मेदवार सागर ढकालले पछ्याउँदै छन्। ढकालले ७३० पाएका छन्।

नेपाली कांग्रेस वीपीका उम्मेदवार कर्णबहादुर मल्लले ५२७ मत ल्याएका छन्।

प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ २ निर्वाचन क्षेत्र रहेका डडेल्धुरामा ५६ दशमलव ६४ प्रतिशत मत खसेको थियो। ९१ हजार २०१ जम्मा मतदातामध्ये ५१ हजार ६६० मत खसेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.