|

कञ्चनपुर : कञ्चनपुरको निर्वाचन  क्षेत्र नं २ मा लोकतान्त्रिक बाम गठबन्धन (नेपाली कांग्रेस) बाट प्रतिनिधि सभा उम्मेदवार एनपी साउदले सुरूवाती अग्रता लिएका छन्।

क्षेत्र नम्बर २ अन्तर्गत कृष्णपुर नगरपालिका वडा नम्बर १ बाट सुरू भएको मतगणनामा नेपाली कांग्रेसका साउदले १३ सय २७ मतका साथ अग्रता लिएका हुन्।

दोस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार नर बहादुर धामी छन्। उनले १२ सय ९ मत ल्याएका छन्। धामी भन्दा साउद १ सय १८ मतले मात्रै अगाडि छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवारी दिएका झंकर राज जोशीले १ सय ६३ मत ल्याउँदै तेस्रो स्थानमा छन्। यहाँ कुल ३२ सय मत गणना गरिएको थियो। जसमध्ये २ सय ६५ मत बदर भएका छन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.